Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

साउन १ देखि काठमाडौंमा निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन हुँदै


सारांश

साउन १ देखि काठमाडौंमा निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन हुँदै
images

काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौँ उपत्यकामा महिलाको सुरक्षित सार्वजनिक आवागमनलाई लक्षित गर्दै पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सञ्चालनमा ल्याइने भएको छ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सातै प्रदेशमा महिलाका लागि निःशुल्क ‘ब्लू बस’ सेवा विस्तार गर्ने योजना अनुसार काठमाडौँमा पहिलो चरण सुरु गर्न लागिएको हो।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ। बस सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक राय–सुझाव मागिसकेको छ। मन्त्रालयबाट स्वीकृति प्राप्त भएलगत्तै साउन १ गतेदेखि सेवा सुरु गरिने उनले बताए।

प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा तथा थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिनेछ। त्यसैगरी चक्रपथ (रिङरोड) मा चार वटा बस गुडाइनेछन्, जसमा दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij