Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘कंगाल करोडपति’बाट सलिनाको डेब्यू


सारांश

‘कंगाल करोडपति’बाट सलिनाको डेब्यू
images
काठमाडौं । निर्माणको तयारीमा रहेको चलचित्र ‘कंगाल करोडपति’ ले आफ्नो मुख्य अभिनेत्रीको रूपमा नयाँ अनुहार सलिना तामाङलाई अनुबन्ध गरेको छ। यसअघि चलचित्रको शीर्ष भूमिकाका लागि अभिनेता मुकुन भुसाल अनुबन्धित भइसकेका छन्।

निर्देशक राजु श्रेष्ठले ‘कंगाल करोडपति’मार्फत मुकुन र सलिनालाई पहिलो पटक जोडीका रूपमा प्रस्तुत गर्न लागेका हुन्। डेब्यू अवसर पाएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो अभिनय यात्राका लागि उपयुक्त सुरुआत भएको बताइन्।

‘यस फिल्ममा एउटा पात्रका रूपमा अभिनय गर्ने अवसर पाउँदा निकै उत्साहित छु। मेरो अभिनय र फिल्मलाई दर्शकले माया र साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु,’ उनले भनिन्।

सलिनाले बलिउडका चर्चित अभिनेता तथा अभिनय प्रशिक्षक सौरभ सचदेवासँग प्रशिक्षण लिएको निर्माण पक्षले जनाएको छ। सचदेवाले **‘एनिमल’**सहित विभिन्न चर्चित हिन्दी फिल्ममा अभिनय गरेका छन्।

‘कंगाल करोडपति’ पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म हो। यसको प्रस्तुतकर्ता प्रविण आचार्य, निर्माता अनिलकुमार बुढाथोकी तथा सहनिर्मातामा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij