सारांश
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेल सम्पन्न भएसँगै अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ। आज बिहान अन्तिम ३२ का सबै खेल सकिएपछि अन्तिम १६ मा स्थान बनाउने टोलीहरूको टुंगो लागेको हो।
अन्तिम ३२ अन्तर्गत सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदा ब्राजिलले जापानलाई पराजित गर्यो। जर्मनीले पाराग्वे, मोरक्कोले नेदरल्यान्ड्स, नर्वेले आइभरी कोस्ट तथा फ्रान्सले स्वीडेनलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरे।
यस्तै, मेक्सिकोले इक्वेडर, इंग्ल्यान्डले कङ्गो, बेल्जियमले सेनेगल, अमेरिकाले बोस्निया एन्ड हर्जगोभिना, स्पेनले अस्ट्रिया, पोर्चुगलले क्रोएसिया र स्विट्जरल्यान्डले अल्जेरियालाई पराजित गरे। आज बिहान सम्पन्न खेलमा इजिप्टले अस्ट्रेलिया, अर्जेन्टिनाले केप भर्डे तथा कोलम्बियाले घानालाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरे।
यससँगै चार पटकको विश्वविजेता जर्मनी, गत संस्करणको तेस्रो स्थानको टोली क्रोएसिया, नेदरल्यान्ड्स, जापान र सेनेगलजस्ता टोली भने प्रतियोगिताबाट बाहिरिएका छन्।
अन्तिम १६ को खेल तालिका: