Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘गौँथली’ : साउन १ देखि प्रदर्शनमा


सारांश

‘गौँथली’ : साउन १ देखि प्रदर्शनमा
images

काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र **‘गौँथली’**को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले शिक्षा, विवाह, पारिवारिक संघर्ष र सामाजिक सोचलाई केन्द्रमा राखेको कथा प्रस्तुत गरेको छ।

ट्रेलरमा अटिजमबाट प्रभावित युवकसँग विवाह गरेकी एक युवतीले भोग्नुपरेका चुनौती, पढाइ पूरा गर्ने उनको संघर्ष तथा परम्परागत सोचसँगको द्वन्द्वलाई भावनात्मक रूपमा चित्रण गरिएको छ। मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय ट्रेलरको मुख्य आकर्षण बनेको छ।

डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार गरेका हुन्। चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको **‘गौँथली’**लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij