Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षणका लागि प्राधिकरण–महासंघबीच सम्झौता


सारांश

लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षणका लागि प्राधिकरण–महासंघबीच सम्झौता
images

काठमाडौं । लुम्बिनी प्रदेशमा निर्माण सामग्रीको गुणस्तर परीक्षणलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशबीच समझदारी भएको छ।

मंगलबार राप्ती उपत्यका (देउखुरी) मा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. छबिराज पोखरेल र महासंघका अध्यक्ष बलिभद्र रानाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा कम्पनी स्थापना गरी निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गरिनेछ। प्रयोगशालाले निर्माण सामग्रीको स्रोत पहिचान, गुणस्तर परीक्षण, उत्खनन्, व्यवस्थापन तथा बजारीकरणमा सहजीकरण गर्नेछ।

प्राधिकरणले स्रोत अध्ययन, कानुनी प्रक्रिया, कम्पनी दर्ता, गुणस्तर परीक्षणको व्यवस्था तथा प्रयोगशालाका लागि जग्गा व्यवस्थापन गर्नेछ। कम्पनीमा ६७ प्रतिशत लगानी प्राधिकरणले र ३३ प्रतिशत लगानी निर्माण व्यवसायी महासंघले गर्ने सहमति भएको छ।

प्रदेश सरकारले यस सहकार्यबाट निर्माण सामग्रीको गुणस्तर सुनिश्चित हुँदै प्रदेशका पूर्वाधार आयोजनाको निर्माण गुणस्तर थप प्रभावकारी हुने विश्वास गरेको छ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij