Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा


सारांश

अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वार्टरफाइनलमा
images

काठमाडौं । कप्तान लियोनल मेसी र एन्जो फर्नान्डेजको उत्कृष्ट प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। यससँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा पुगेको छ।

अमेरिकाको एटलान्टामा भएको खेलमा इजिप्टले यासर इब्राहिम (१५औँ मिनेट) र मोस्तफा जिको (६७औँ मिनेट) को गोलमा २–० को अग्रता बनाएको थियो। तर अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल गर्दै रोमाञ्चक पुनरागमन गर्‍यो।

७९औँ मिनेटमा मेसीको पासमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको पाँच मिनेटपछि मेसी स्वयंले बराबरी गोल गरे। दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए।

अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ भने इजिप्टको यात्रा अन्तिम १६ मै टुंगिएको छ।

यस खेलसँगै मेसीले विश्वकपमा लगातार नौ खेलमा गोल गर्ने कीर्तिमान कायम गरेका छन्। जारी विश्वकपमा आठ गोलसहित उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। साथै, उनले विश्वकप इतिहासमा लगातार छ वटा नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडी बन्ने उपलब्धि पनि हासिल गरेका छन्।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij