Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

महेश र अञ्जनालाई लिएर घोषणा भयो ‘आशा’


सारांश

महेश र अञ्जनालाई लिएर घोषणा भयो ‘आशा’
images

काठमाडौं । नयाँ नेपाली कथानक चलचित्र ‘आशा’ निर्माण हुने भएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत चलचित्रको घोषणा गर्दै आगामी १ माघ लाई प्रदर्शन मिति तय गरिएको जानकारी दिइएको हो।

उडान स्टुडियोको ब्यानरमा बन्ने यस चलचित्रको निर्माण शर्मिला थापा ले गर्नेछिन् भने राजीव गुरुङले कथा, पटकथा तथा निर्देशनको जिम्मेवारी सम्हाल्नेछन्।

चलचित्रमा महेश त्रिपाठी र अञ्जना बराइली मुख्य भूमिकामा रहनेछन्। उनीहरूसँगै सशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, कविता रेग्मी, केपिना सिंह र विष्णु मोक्तान को पनि अभिनय रहनेछ।

महेश र अञ्जनाले यसअघि ‘परान’ मा जोडीका रूपमा अभिनय गरेका थिए। उक्त चलचित्र नेपाली बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्रमध्ये चौथो स्थानमा पर्न सफल भएको थियो। यही सफल जोडी पुनः एकसाथ देखिन लागेकाले ‘आशा’ प्रति दर्शकमाझ सुरुदेखि नै उत्सुकता बढ्ने अपेक्षा गरिएको छ।

घोषणा कार्यक्रममा चलचित्रको निर्माण टोली उपस्थित थियो। निर्माण पक्षले छायांकनको तयारी अन्तिम चरणमा पुगेको र छिट्टै छायांकन सुरु गरिने जनाएको छ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij