Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति उम्मेदवार बनाउनु हुन्न: विश्वप्रकाश शर्मा


सारांश

पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति उम्मेदवार  बनाउनु हुन्न: विश्वप्रकाश शर्मा
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री भइसकेकाहरू राष्ट्रपति उम्मेदवार हुन नहुने बताएका छन्। बुधबार संसद बैठकबाट बाहिरिँदै उनले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताए ।

‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर, देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरिसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु’, महामन्त्री शर्माले भने, ‘त्यसकारण चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरूले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरू समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरूलाई अगाडि सारेर जानु बढी उचित हुन्छ ।’

शर्माका अनुसार कांग्रेसले राष्ट्रपति उम्मेदवार तय गरिसकेको छैन। छलफलबाट रामचन्द्र पौडेल वा अरू कोही उम्मेदवार हुन सक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij