Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा


सारांश

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा
images

काठमाडौं । फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्पेनले स्थान सुरक्षित गरेको छ । शनिबार बिहान लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि अन्तिम चारमा पुगेको हो ।

सन् २०१० को विश्वविजेता स्पेन त्यसयता अपेक्षित प्रदर्शन गर्न सकेको थिएन। सन् २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ र २०२२ संस्करणमा अन्तिम १६ मै रोकिएको थियो। यसपटक भने प्रभावशाली प्रदर्शन गर्दै टोली सेमिफाइनल पुग्न सफल भएको हो।

स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे भने बेल्जियमका चार्ल्स डे केटलेरले सान्त्वना गोल फर्काए।

खेलको ३०औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपछि, ४१औँ मिनेटमा डे केटलेरले बराबरी गोल गर्दै पहिलो हाफ १–१ को अवस्थामा टुंग्याए।

निर्णायक क्षण ८८औँ मिनेटमा आयो, जब मेरिनोले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए। अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij