सारांश
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
आफ्नै निवास धुम्बाराहीमा भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितसँगको बैठकपछि सभापति देउवासहित कांग्रेस नेताहरू बालुवाटार पुगेका थिए ।
'प्रचण्ड'ले कांग्रेस नेताहरूको प्रस्तावमा आफू सकारात्मक रहेको बताएका छन् । बुधबार साँझ बालुवाटारमा भएको छलफलमा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डले राष्ट्रपतिबारे चाँडै निर्णय दिने बताएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । दलहरु त्यसअघि नै सहमति गर्ने गरी छलफलको दौडधुपमा छन् ।