Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक


सारांश

‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक
images

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई पारिवारिक परिवेशमा प्रस्तुत गरिएको छ।

पोस्टरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ छन्। उनी विवाहअघि मनाइने हल्दी समारोहमा देखिएका छन्। पोस्टरमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ पनि प्रफुल्ल मुद्रामा छन्। आकर्षक सजावट र पात्रहरूको पहिरनले सम्पन्न परिवारको विवाह समारोह झल्काउँछ। नम्रता श्रेष्ठको हातमा दुलाहाका लागि ल्याइएको बुके देखिन्छ भने मदनकृष्ण श्रेष्ठ ह्विलचेयरमा प्रस्तुत छन्, जसले उनको पात्र शारीरिक रूपमा अशक्त रहेको संकेत गर्छ।

पूर्ण रूपमा पारिवारिक परिवेशमा तयार गरिएको पोस्टरले चलचित्र पारिवारिक कथामा आधारित रहेको संकेत दिएको छ।

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा छ। हाल चलचित्र पोस्ट–प्रोडक्सनको चरणमा छ।

‘माया भनेकै यस्तो होला’ मार्फत रेखा थापा आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’पछि यो उनको तेस्रो निर्देशकीय चलचित्र हो।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij