सारांश
काठमाडौं। शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उनको निधनसँगै पछिल्लो एक साताभित्र आत्मदाहको प्रयासपछि ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। मण्डलका श्रीमती र दुई सन्तान छन्।
यसअघि काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउत तथा त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको पनि उपचारकै क्रममा मृत्यु भइसकेको थियो।
असार २७ गते शरीरमा आगो लगाएका राउतको शनिबार साँझ वीर अस्पतालमा निधन भएको थियो भने गणेश नेपालीको असार २६ गते मृत्यु भएको थियो। उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।