Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अबदेखि फेरि पूरा सिलिन्डर ग्यास


सारांश

अबदेखि फेरि पूरा सिलिन्डर ग्यास
images

काठमाडौं । नेपाल आयल निगमले आजदेखि खाना पकाउने (एलपीजी) ग्यासको बिक्री तथा वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ।

निगमका अनुसार अब देशभर साविककै १४.२ केजी क्षमताको ग्यास सिलिन्डर दुई हजार ६० रुपैयाँमा बिक्री हुनेछ। यसअघि आपूर्ति व्यवस्थापनका लागि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो।

इन्डियन आयलका बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङमा सुधार आएको र उपभोक्ताबाट १४.२ केजी सिलिन्डरको माग बढेकाले पुरानै व्यवस्था लागू गरिएको निगमले जनाएको छ।

निगमले भारतबाट ग्यासको नियमित आपूर्ति भइरहेको उल्लेख गर्दै आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij