Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

यस्तो बन्यो अनमोल केसीको '२.० छड्के' को ट्रेलर


सारांश

यस्तो बन्यो अनमोल केसीको '२.० छड्के' को ट्रेलर
images

काठमाडौं । चलचित्र '२.० छड्के' को ट्रेलर सार्वजनिक गरिएको छ। अनमोल केसी अभिनित फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक जमाउन खोज्ने सानाठूला ग्याङबीच द्वन्द्व देखाइएको छ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा अनमोलसँगै  छड्के २ मा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । 

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् ।

छड्के २ फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ। यो चलचित्रको आधिकारिक वितरक श्रीराम बालाजी फिल्म्स उर्फ सुनिल मानन्धर हुन।

https://youtu.be/nUZDOhkbSgA

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij