Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

शेयर बजार सुधारका एजेन्डामा प्रधानमन्त्री-रोकारवालासँग छलफल, लगानीकर्तालाई सुधारको आश्वासन


सारांश

शेयर बजार सुधारका एजेन्डामा प्रधानमन्त्री-रोकारवालासँग छलफल, लगानीकर्तालाई सुधारको आश्वासन
images

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार र धितोपत्र क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार सिंहदरबारमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, स्टक ब्रोकर एसोसिएसनलगायत सरोकारवालासँगको छलफलमा उनले व्यवसायीका जायज माग सम्बोधन गर्दै बजारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीले नयाँ समिति गठनभन्दा सम्बन्धित निकायमार्फत तत्काल सुधारका काम अघि बढाउने आश्वासन प्रधानमन्त्रीबाट प्राप्त भएको बताए।

बैठकमा लगानीकर्ताको मनोबल बढाउने, कर प्रणालीमा स्पष्टता ल्याउने, घाटा समायोजनपछि मात्रै कर लगाउने, ब्रोकरमार्फत मार्जिन लेन्डिङको व्यवस्था गर्ने, स्टक एक्सचेन्जलाई प्रविधिमैत्री बनाउने तथा १० कित्ते नीतिको पुनरावलोकनसहित आईपीओ प्रक्रियामा सुधार गर्न सुझाव दिइएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij