Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

भदौ २६ मा आउँदै ‘बेहुली’, पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक


सारांश

भदौ २६ मा आउँदै ‘बेहुली’, पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
images

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। 

गीतमा चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। गीतमा अन्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडले स्वर दिएका छन्।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ देखिएका छन्। गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारहरूको अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij