सारांश
काठमाडौं । मोडल तथा अभिनेत्री तेजुला खतिवडाको मुख्य अभिनय रहेको नयाँ नेपाली गीत ‘यस्तै पोई परोस’ सार्वजनिक भएको छ।
गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।
भिडियोमा तेजुला खतिवडाले रुपेश उप्रेतीसँग स्क्रिन साझेदारी गरेकी छन्। दुवैको जोडी र प्रस्तुतिलाई दर्शकले रुचाइरहेका छन्। विशेषगरी तेजुलाको अभिव्यक्ति, नृत्य र अभिनयले भिडियोलाई थप आकर्षक बनाएको छ।
गीतमा सहिमा श्रेष्ठाको स्वर, युवराज काफ्लेको शब्द तथा दीपक शर्माको संगीत रहेको छ। एरेन्ज, मिक्सिङ र मास्टरिङ नरेन्द्र बियोगीले गरेका हुन् भने रेकर्डिङ वेभ स्टुडियोमा गरिएको हो।
म्युजिक भिडियोको निर्देशन तथा छायांकन प्रहिल कार्कीले गरेका छन् भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ।