Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

‘चोर’ भन्दै भिडियो भाइरल बनाइएपछि अशोक दर्जीको प्रहरीमा उजुरी


सारांश

‘चोर’ भन्दै भिडियो भाइरल बनाइएपछि अशोक दर्जीको प्रहरीमा उजुरी
images

काठमाडौं । गायक तथा कलाकार अशोक दर्जीले आफूलाई बदनाम गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रामक भिडियो सार्वजनिक गरिएको भन्दै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेका छन्।

दर्जीले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा उजुरी दर्ता गराउँदै उक्त भिडियोले आफ्नो प्रतिष्ठा र भविष्यमा गम्भीर असर पारेको बताएका छन्। उनले करिब एक साताअघि दुई जना व्यक्तिले आफूलाई ‘चोर’ आरोप लगाउँदै कुटपिट गरेको र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएको उल्लेख गरेका छन्।

उजुरीमा उनले भिडियो हटाइदिन पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता गरिएको र उल्टै त्यसलाई भाइरल बनाइएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij