Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डा. गोविन्द केसीले तोडे अनशन


सारांश

डा. गोविन्द केसीले तोडे अनशन
images

काठमाडौं । विभिन्न माग राख्दै धनगढीमा बिहीबारदेखि अनशनरत डा. गोविन्द केसीले सरकारसँग सहमति भएपछि आफ्नो अनशन तोडेका छन्। उनले गौमुल गाउँपालिका–२ का चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन समाप्त गरेका हुन्।

सरकार र डा. केसी पक्षबीच शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन प्रक्रिया तत्काल अघि बढाउने, एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्ति, फ्याकल्टी, पाठ्यक्रम स्वीकृति तथा उपकरण व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ।

यस्तै, विश्वविद्यालयसम्बन्धी कानुनी संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनमै अघि बढाउने तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा रहेको गैरनाफामूलक र सेवामूलक शिक्षण संस्थासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गरी अध्ययन प्रतिवेदन पेश गर्ने सहमति पनि भएको छ। शनिबार सरकारी वार्ता टोली धनगढी पुगेपछि भएको छलफलमा यी विषयमा सहमति जुटेको हो।

 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij