Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द


सारांश

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
images

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा भएको कुटपिट, तोडफोड र त्यसपछि प्रशासनबाट दुर्व्यवहार भएको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)को राजीनामा माग गरेका हुन्।

अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार करिब ४० चिकित्सकले राजीनामा बुझाइसकेका छन् भने बाँकीले पनि दिने तयारी गरेका छन्। चिकित्सकहरूले प्रशासनले अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै सीडीओ र एसपी पदमा रहुञ्जेल काममा नफर्किने अडान लिएका छन्।

यसैबीच, नेपाल चिकित्सक संघले घटनाको विरोधमा मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। गत ८ साउनमा नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको घटनापछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij