Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा- आज पनि आकस्मिक बाहेकका सेवा बन्द


सारांश

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा- आज पनि आकस्मिक बाहेकका सेवा बन्द
images

काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको घटनाको विरोधमा आज बुधबार पनि देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको छ।

घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघले आन्दोलनलाई निरन्तरता दिएको हो। यसअन्तर्गत आज ठमाडौँको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

त्यसैगरी, उपत्यकाबाहिरका जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइने तथा विभिन्न स्वास्थ्य संस्थामा धर्ना र विरोध प्रदर्शन गरिने संघले जनाएको छ।

नेपाल चिकित्सक संघले दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै मंगलबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij