काठमाडौं । सुनसरी घटनापछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार जना एआईजीसहित उच्च प्रहरी अधिकारीलाई विभिन्न जिल्लामा परिचालन गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुरक्षा व्यवस्थापनको प्रभावकारिता मूल्याङ्कन, सुरक्षा योजना कार्यान्वयन, सूचना संकलन तथा विश्लेषणका लागि उनीहरूलाई फिल्डमा खटाइएको हो।
यसअन्तर्गत एआईजी सिद्धिविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा ईश्वरबाबु कार्कीलाई कोशी प्रदेश र सुनसरीमा जिम्मेवारी दिइएको छ।
त्यसैगरी डिआइजी, एसएसपीसहित अन्य वरिष्ठ प्रहरी अधिकारीलाई सिराहा, सप्तरी, धनुषा, मोरङ, पर्सा, बारा, सर्लाही, महोत्तरी, रौतहटलगायत जिल्लामा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।