Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राहदानी विभागको सेवा दुई सिफ्टमा, बिदाका दिन पनि खुला


सारांश

राहदानी विभागको सेवा दुई सिफ्टमा, बिदाका दिन पनि खुला
images
काठमाडौं । सेवाग्राहीको अत्यधिक चापलाई मध्यनजर गर्दै राहदानी विभागले दुई सिफ्टमा सेवा सञ्चालन गर्नुका साथै सार्वजनिक बिदाका दिन पनि सेवा उपलब्ध गराउन थालेको छ। त्रिपुरेश्वरस्थित विभागले शनिबार पनि नियमित रूपमा राहदानी सेवा प्रदान गरिरहेको जनाएको छ।

विभागका अनुसार साउन १४ गतेदेखि दैनिक एक हजार ५०० आवेदन फाराम खुला गर्दै दुई सिफ्टमा सेवा सञ्चालन गरिएको हो।

विशेषगरी रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान आवेदन दिएका नेपालीलाई सहजता प्रदान गर्ने उद्देश्यले साउन १४ देखि २२ गतेसम्म विद्युतीय राहदानी सेवा विस्तारित समयसम्म सञ्चालन गरिएको विभागले जनाएको छ।

यस अवधिमा पहिलो सिफ्ट बिहान ७ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ः०० बजेदेखि बेलुकी ९ः०० बजेसम्म सञ्चालन हुनेछ। साथै, सार्वजनिक बिदा पर्ने शनिबार र आइतबार पनि बिहान १०ः०० बजेदेखि बेलुकी ४ः०० बजेसम्म विभागबाट राहदानी सेवा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij