काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार विजेताको घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार कार्यक्रम सार्वजनिक गरेका हुन्।
साउन १ देखि १५ गतेसम्म अनलाइन वा क्यूआरमार्फत खरिद गरेका उपभोक्तामध्ये दैनिक १५ जनाले जनही १ लाख रुपैयाँ (करकट्टीपछि) जितेका छन्। उनीहरूको गोपनीयता कायम गर्न नाम सार्वजनिक गरिएको छैन।
त्यस्तै, बम्पर उपहारअन्तर्गत शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको खरिद गर्ने उपभोक्ताले १० लाख रुपैयाँ जितेका छन्। उक्त पुरस्कारमा कर लाग्ने विभागले जनाएको छ।
विभागका अनुसार अब हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन उपहार घोषणा गरिनेछ। नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान/भ्याट बिल विभागको वेबसाइटमा अपलोड गरेर मात्रै कार्यक्रममा सहभागी हुन सक्नेछन्।