Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

  • बुधबार, कात्तिक १२ २०८३

आयो न्यान्सी खड्का स्टारर ‘अक्षरा’ को टिजर


सारांश

आयो न्यान्सी खड्का स्टारर ‘अक्षरा’ को टिजर
images

काठमाडौं । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अभिनीत चलचित्र ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। टिजरले चलचित्रको पारिवारिक कथा र त्यसमा समेटिएको हिंसाको विषयलाई केन्द्रमा राखेको छ।

विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रले धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपर्ने पारिवारिक दबाब, पीडा र हिंसाको कथालाई प्रस्तुत गरेको छ।

टिजरमा छोरीको विवाह गर्दा परिवारको पृष्ठभूमि र व्यवहारभन्दा पनि केटाको अनुहार तथा आर्थिक हैसियतलाई प्राथमिकता दिँदा उत्पन्न हुने गम्भीर परिणाम देखाइएको छ।

चलचित्रमा सुशील पोखरेलले न्यान्सीको बुबाको भूमिका निर्वाह गरेका छन् भने न्यान्सी छोरीको भूमिकामा देखिएकी छन्। सुशील सिटौला भने न्यान्सीका श्रीमान्को भूमिकामा छन्। टिजरमा उनी मदिराको लतमा श्रीमतीमाथि हिंसा गर्ने र पारिवारिक हैसियतको धाक देखाउने पात्रका रूपमा प्रस्तुत भएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनी थापा निर्माता तथा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन्।

निर्देशक पौडेलले चलचित्रमार्फत विवाहअघि परिवार र सम्बन्धबारे पर्याप्त बुझाइ नहुँदा महिलाले भोग्नुपर्ने पीडालाई कथामार्फत उठाएका छन्।

‘अक्षरा’ आगामी २६ भदौदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij