Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सन्दीपको काँधमा फेरि एकदिवसीय कप्तानी


सारांश

सन्दीपको काँधमा फेरि एकदिवसीय कप्तानी
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानको जिम्मेवारी फेरि सन्दीप लामिछानेले पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेललाई हटाउँदै सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेको हो।

आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा हुने एसीसी प्रिमियर कपदेखि सन्दीपले नेपाली टोलीको नेतृत्व गर्नेछन्। क्यानले उनको कप्तानीमा १४ सदस्यीय टोलीसमेत घोषणा गरेको छ।

टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलसन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा छन्। नियमित सदस्य कुशल भुर्तेल र सोमपाल कामी भने टोलीमा परेनन्।

सन्दीप यसअघि सन् २०२१ मा राष्ट्रिय टोलीको कप्तान बनेका थिए। पहिलो कार्यकालमा उनले १४ एकदिवसीय खेलमा कप्तानी गर्दा नेपालले चार जित, नौ हार र एक बराबरीको नतिजा निकालेको थियो। टीट्वेन्टीतर्फ भने उनको कप्तानीमा नेपालले १८ मध्ये १३ खेल जितेको थियो।

सन् २०२२ मा सन्दीपलाई हटाएपछि रोहित पौडेलले नेपाली टोलीको नेतृत्व सम्हालेका थिए। रोहितले २०२२ देखि २०२६ सम्म ५५ एकदिवसीय खेलमा कप्तानी गर्दै नेपाललाई २८ खेलमा जित दिलाएका थिए।

विश्वकप लिग–२ मा नेपालको पछिल्लो खराब प्रदर्शनपछि क्यानले एकदिवसीय कप्तान परिवर्तन गरेको हो। टीट्वेन्टीतर्फ भने यसअघि नै दीपेन्द्रसिंह ऐरीलाई कप्तान नियुक्त गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij