Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

चलचित्र ‘माया भनेको यस्तो होला’को प्रदर्शन मिति सर्यो, अब कार्तिक २० मा आउने


सारांश

चलचित्र ‘माया भनेको यस्तो होला’को प्रदर्शन मिति सर्यो, अब कार्तिक २० मा आउने
images

काठमाडौं । रेखा थापाको निर्देशनमा दिया एण्ड अमु फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘माया भनेको यस्तो होला’ को प्रदर्शन मिति पुनः तय गरिएको छ।
निर्माता दिल श्रेष्ठले जारी गरेको विज्ञप्तिअनुसार यसअघि भदौ २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रको प्रदर्शन मिति हाललाई स्थगित गरिएको थियो। देशमा विद्यमान प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै चलचित्र प्रदर्शनका लागि उपयुक्त समय नभएको भन्दै निर्माण टोलीले प्रदर्शन स्थगित गर्ने निर्णय गरेको हो।
अब चलचित्रलाई आगामी तिहार पर्वको अवसर पारेर कार्तिक २० गते शुक्रबारदेखि देशभरका हलमा सार्वजनिक प्रदर्शनमा ल्याउने निर्णय गरिएको निर्माता श्रेष्ठले जानकारी दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, “देश दुःखी रहेको यस घडीमा मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्नु उचित नठानी हामीले यो निर्णय लिएका हौं।”
निर्माता श्रेष्ठले चलचित्रको प्रदर्शन मिति परिवर्तनबाट कसैलाई असुविधा परेको भए क्षमायाचना गर्दै दर्शकको माया र साथ आगामी दिनमा पनि निरन्तर पाइरहने विश्वास व्यक्त गरेका छन्।
चलचित्र ‘माया भनेको यस्तो होला’ रेखा थापाको निर्देशनमा निर्माण भएको हो। चलचित्रलाई दिया एण्ड अमु फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो। यसअघि चलचित्रको गीत तथा प्रचार सामग्री सार्वजनिक भइसकेका छन्। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij