सारांश
काठमाडौँ । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा बनेको चलचित्र ‘छत्तीसको आँकडा’ आगामी मङ्सिर २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसरमा रेखाको ‘बीआर क्याफे’मा आयोजित कार्यक्रममा चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्देशन सबिर श्रेष्ठले गरेका छन्। चलचित्रमा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का र निरुता सिंहको अभिनय छ।
चलचित्रमा रेखाको जोडीका रूपमा महेश त्रिपाठी तथा पूजाको जोडीका रूपमा पुष्प खड्का प्रस्तुत भएका छन्।
चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ। यसको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्।