Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

शाहरुखलाई मुम्बई विमानस्थलमा नियन्त्रणमा लिएर सोधपुछ


सारांश

शाहरुखलाई मुम्बई विमानस्थलमा नियन्त्रणमा लिएर सोधपुछ
images

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानलाई मुम्बई विमानस्थलमा भन्सार विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

विमानस्थलमा तैनाथ एयर इन्टिलिजेन्स युनिट (एआईयू)को सूत्रका अनुसार शुक्रबार राती शाहरुख शारजाहबाट भारत फर्कँदै थिए ।

  उनको साथमा महंगो घडी र त्यसको कभर समेत थियो जसको मूल्य १८ लाख भारु बताइएको छ । यो घडीको लागि शाहरुखले ६ लाख ८३ हजार भारु भन्सार शुल्क समेत तिर्नुपर्‍यो ।

शाहरुख नीजि चार्टर्ड विमानबाट शुक्रबार मध्यरात मुम्बईमा पुगेका थिए । टी-३ टर्मिनलमा शाहरुखलाई राती करिब १ बजे भन्सारको रेड च्यानल पार गर्ने समयमा भन्सार अधिकारीहरुले शाहरुख र उनको टीमलाई रोकेको थियो ।

उनको ब्यागको जाँच गर्दा बबुन र जरबिके घडी, रोलेक्स घडीका ६ डिब्बा, स्प्रिट ब्रान्डको घडी र एप्पल सिरिजका घडी भेटिएका थिए । घडीको खाली बाकस पनि भेटिएको थियो ।

एक घण्टासम्म चलेको सोधपुछपछि शाहरुख र उनकी म्यानेजर पूजा ददलानलाई छाडिएको थियो भने उनका अंगरक्षक रवि र टीमलाई रोकिएको थियो । बडिगार्डले नै भन्सार शुल्क तिरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij