सारांश
काठमाडौं । सरकार गठनका लागि पुस १० गते बनेको सत्ता गठबन्धन भत्किएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलका शीर्ष नेताको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेसँगै नयाँ गठबन्धन बनेको हो ।
प्रधानमन्त्री प्रचण्डले नै संसद्को सबैभन्दा ठूलो राजनीतिक दललाई नै राष्ट्रपति दिनुपर्ने प्रस्ताव गरेका थिए ।
प्रचण्डले नयाँ गठबन्धनले समृद्धि हासिल गर्ने काममा लाग्ने बताएका थिए ।