सारांश
काठमाडौं । ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ। लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।
युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०।५ ओभरमा १०० रनमा अलआउट भएको हो । कुवेतलाई १०० रनमा अल आउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएका हुन् ।
प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपालले फागुन १५ (फेब्रुअरी २७) मा हङकङसँग खेल्नेछ ।
नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ (मार्च २) मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।