Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

मैले दुई महिनामै तीतो अनुभव गरेँ, हिजो नयाँ यात्रा सुरु भयो : प्रचण्ड प्रधानमन्त्री


सारांश

मैले दुई महिनामै तीतो अनुभव गरेँ, हिजो नयाँ यात्रा सुरु भयो : प्रचण्ड  प्रधानमन्त्री
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्ने भन्दै उनले आफूले सरकार गठनको दुई महिनामै तीतो अनुभव गरेको बताएका छन् । 

शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “समसामयिक नेपाली राजनीति र निधिजीको विचार” विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबारदेखि नयाँ यात्रा सुरु भएको बताए । उनले अगाडि भने, ‘हिजो खुसी र गर्व महसुस गरेँ ।’

प्रधानमन्त्री प्रचण्डले भने, “हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ । त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ । दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष छ । तेस्रो दलको प्रधानमन्त्री छ । संसद्का अरू दलहरूबीच पनि समझदारीका साथ अगाडि बढेका छौँ । यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ । यो एक प्रकारले राष्ट्रिय सहमति नै हो ।”

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij