सारांश
काठमाडौं । केपी ओली कप फुटबल रोकिएको छ ।
खेलको ५३ औं मिनेटसम्म दुवै टिम शुन्यको बराबरीमा रहेको अवस्थामा मेघ गर्जनसहित वर्षा र चट्याङपरेकाले खेल रोकिएको हो ।
खेल वर्षा तथा मेघ गर्जनका कारण त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्बलबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ भोलि सोमबार बिहान ११ बजे खेलाउने गरि रोकिएको छ ।