गरिमा विकास बैँक लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर सदस्यहरुलाई साढे १४ प्रतिशत लाभांश दिने भएको छ । कार्तिक २४ गते बसेको बैँक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ताको १३ प्रतिशत सेयर लाभांश र १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।लाभांश भने नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात विकास बैँकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण गरिनेछ ।