सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे पार्टी कार्यालय वसुन्धारामा बस्दैछ ।
राष्ट्रपति निर्वाचन, राजनीतिक समीकरण र चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकोमा माघ २२ गते सरकारबाट बाहिरिएको थियो ।