Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

राणाको बयान सकियो, ४३ वटै प्रश्नको जवाफ दिए


सारांश

राणाको बयान सकियो, ४३ वटै प्रश्नको जवाफ दिए
images

काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग सिफारिस समितिले बयान सकेको छ । समितिले तयार पारेका ४३ वटै प्रश्नको जवाफ जबराले दिएका छन् ।

प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस विशेष समितिले ४३ प्रश्न तयार पारेको थियो । जबराले आइतबारसम्म ३५ वटा प्रश्नको जवाफ दिएका थिए । बाँकी प्रश्नको जवाफ आज दिएका हुन् ।

उनको जवाफ सकिएर बाहिरिएका छन् भने समितिको बैठक जारी छ ।

समितिले फेरि उनलाई बोलाउने कि के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । एक सदस्यले दिएको जानकारीअनुसार आवश्यक परेमा समितिमा फेरि बोलाइनेछ ।

जबराले यसअघिको बयानमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सहकर्मी न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, पत्रकार, वरिष्ठ कानुनविद्हरु, मिडिया सञ्चालकहरुलाई आरोप लगाएका छन् भने नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु पौडेलप्रति आभार व्यक्त गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij