सारांश
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ ।
प्यालेस्टाइनमा हुने छनोट खेलका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेको २५ जनाबाट शुक्रबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ । गुरुङले बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा पनि टोलीको प्रशिक्षक रहेका थिए ।
नेपाली टोली
गोलकिपर –कविता विक, सावित्री किसान र लिला जोशी
डिफेन्डर – सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ
मिडफिल्डर – तुलसा बोहरा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही
फरवार्ड – गरिमा राई, अमिषा कार्की, ममता पुन र सदिपा भोलन