Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाली कप्तान किरण चेम्जोङ सम्मिलित पन्जाब आई लिग च्याम्पियन


सारांश

नेपाली  कप्तान किरण चेम्जोङ सम्मिलित पन्जाब आई लिग च्याम्पियन
images

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् गोलकिपर किरण चेम्जोङ सम्मिलित राउन्ड ग्लास पन्जाब आई लिग २०२२/२३ को च्याम्पियन बनेको छ ।

आइ लिगको अन्तिम एक चरणको खेल बाँकी रहँदै पन्जाब शनिबार च्याम्पियन बनेको हो । राजस्थान एफसीलाई शनिबार ४–० ले हराउँदै पन्जाब उपाधि पक्का गरेको हो ।

एक खेल कम खेलेको श्रीनिदी डेक्कनलेब बाँकी दुवै खेल जित्दा पनि पन्जाबलाई नभेट्ने भएपछि टोलीको उपाधि पक्का भएको हो । पछिल्लो ५ खेलमा लगातार जित हासिल गरेको पन्जाबले २१ खेलमा ४९ अंक जोडेको छ । शनिबारको खेलमा पनि किरणले नै टोलीको पोष्ट सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij