सारांश
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु मैदान टियुमा चार मध्य दुई खेल जिते ओडिआई मान्यता सोझै बच्ने भएको छ । नेपालले अन्तिम खेलमा युएईलाई ४२ रनले पराजित गरेपछि सिधै ओडिआई मान्यता प्राप्त गर्न अव दुई खेल आवश्यक पर्ने भएको छ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ ।
दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ । नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।