सारांश
काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणमा उत्कृष्ट खेलाडीको अवार्ड अञ्जन विष्ट (फुटबल) र अरुणा शाही(भलिबल) ले जितेका छन्।
वर्ष युवा खेलाडीको अवार्ड फुटबलका मनिष डाँगीले जितेका छन्। त्यस्तै प्रशिक्षकको अवार्ड फुटबलका अब्दुल्ला अलमुताइरीले जिते। पिपल्स च्वाइस विधामा भलिबलकी उषा भण्डारीले अवार्ड पाइन्।
लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन तथा एथलेटिक्स प्रशिक्षक रघुराज वन्त र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड कतारका मोहमद हिजीले प्राप्त गरे।