Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाल आइपुग्यो पाकिस्तानी फुटबल टोली


सारांश

नेपाल आइपुग्यो पाकिस्तानी फुटबल टोली
images

काठमाडौं/ नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि पाकिस्तानको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ ।

४ खेलाडीसहितको पाकिस्तानी टोली आइतबार राति फ्लाई दुवईमार्फत नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकुवा गरेपछि पाकिस्तानले ३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको रुपमा नेपालसँग खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij