Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

गगन भावी प्रधानमन्त्रीको तयारीमा


सारांश

गगन भावी प्रधानमन्त्रीको  तयारीमा
images

काठमाडौँ / कांग्रेस महामन्त्री गगनकुमार थापाले आफूलाई मतदातामाझ भावी प्रधानमन्त्रीका रूपमा उभ्याएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच निर्वाचनपछि आलोपालो प्रधानमन्त्री हुने ‘अनौपचारिक सहमति’ बारे चर्चा भइरहेका बेला उनले प्रधानमन्त्रीका रूपमा गर्ने पाँचवर्षे कार्ययोजनासमेत अघि सारेका छन् ।

महामन्त्री थापाले आगामी पाँच वर्षमा कार्यकारी प्रमुख बनेर गर्ने कामको खाका, जसलाई उनले ‘प्रोजेक्ट गभर्मेन्ट’ नाम दिएका छन् । आर्थिक, सामाजिकलगायत मुलुकका तमाम एजेन्डामाथि अब फेरि अलमल नहोस्, शासनको कौशल र गुणस्तरमा वृद्धि होस् र देशलाई समुन्नतिको मार्गमा अघि बढाउन सकियोस् भनी विज्ञहरूसँग दुई वर्ष लगाएर गरेको परामर्शका आधारमा प्रोजेक्ट गभर्मेन्ट तयार गरेको उनले जानकारी दिए । 

काठमाडौं–४ बाट उम्मेदवारी दिएका महामन्त्री थापाले निर्वाचनमा सफलता मिले संसदीय दलमा आफ्नै पार्टीका सभापति तथा सत्ता गठबन्धनकै कमान्ड सम्हालेका देउवासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij