Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मतदाताको उत्साहजनक उपस्थितिले सन्तुष्ट : अमेरिकी राष्ट्रपति बाइडेन


सारांश

मतदाताको उत्साहजनक उपस्थितिले सन्तुष्ट  : अमेरिकी राष्ट्रपति बाइडेन
images

वासिङटन / नेभाडा राज्यमा महत्त्वपूर्ण जित निकालेसँगै डेमोक्रेटिक दलले अमेरिकाको माथिल्लो सदन सिनेटमा बहुमत कायम गरेको छ ।
नतिजा सार्वजनिक भएसँगै राष्ट्रपति बाइडेनले चुनावमा देखिएको मतदाताको उत्साहजनक उपस्थितिले आफू निकै सन्तुष्ट बनेको प्रतिक्रिया दिएका छन् । रिपब्लिकनहरूले अब आफू को हो भनेर निर्क्योल गर्नुपर्ने अवस्था आएको बाइडेनको भनाइ छ ।

डेमोक्रेटिक दलले २०४ सिट जितेको छ । प्रतिनिधिसभाका ४३५ सिट र सिनेटका ३५ सिटका लागि अमेरिकीहरूले मंगलबार मतदान गरेका हुन् । यसका साथै कतिपय राज्यमा गभर्नरहरू पनि निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ । यसअघि बहुमत रहेको राष्ट्रपति बाइडेनको डेमोक्रेटिक दलका २२० सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij