सारांश
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित निकालेको छ।
नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। यसअघि नेपालले अमेरिकालाई सन् २०२० मा ८ विकेटले हराएको थियो। त्रिवि मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो।
अब बिहीबार युएईलाई पराजित गरे नेपाल जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ।