Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

आईसीसी क्रिकेट विश्वकप लिग-२ : यूएईविरुद्ध नेपाल


सारांश

आईसीसी क्रिकेट विश्वकप लिग-२ : यूएईविरुद्ध नेपाल
images

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर यूएईका कप्तान मुहम्मद वसिमले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij