Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

निर्देशक प्रताप सुब्बाको निधन


सारांश

निर्देशक प्रताप सुब्बाको निधन
images

काठमाडौं । निर्देशक प्रताप सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमका अनुसार सिलीगुडीस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

स्व.सुब्बा निर्देशित २०३५ सालमा ‘परालको आगो’ फिलम प्रदर्शनमा आएको थियो । परालको आगो निर्देशन गर्दै करिअर थालेका सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञा जस्ता व्यावसायिक र समीक्षात्मक रुपमा चर्चित नेपाली फिल्म निर्देशन गरेका छन् ।

चालिसको दशकमा नेपाल आएका प्रताप सुब्बाले चर्चित नेपाली फिल्म र टेलिफिल्म निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij