Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाल युएईसँग ८४ रनले पराजित


सारांश

नेपाल युएईसँग  ८४ रनले पराजित
images

काठमाडौं । युएईसँग नेपाल ८४ रनले पराजित भएको छ। 

सोमबार कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। ८४ बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए।यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij