सारांश
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाए ।
उनले भने, ओलीले हिटलरको जस्तो शासन गर्न खोजेका रहेछन् । हामीले त्यसको प्रतिवाद गर्यौँ । राष्ट्र र जनताको लागि गठबन्धनलाई अध्याधिक बहुमतले जिताउन जरुरी छ । गठबन्धनलाई चुनावसम्म मात्रै होइन चुनावपछि अर्कै हुन्छन् कि भनेर । त्यस्तो हुँदैन। उपलब्धिमाथि खतरा रहेसम्म दश/पन्ध्र, गठबन्धन बीस वर्षसम्म जावस् ।