सारांश
काठमाडौं । कमेडियन कपिल शर्माको फिल्म 'ज्विगाटो' शुक्रबारदेखि भारतमा प्रर्दशन भइरहेको छ।
दर्शक हँसाएर चर्चा कमाएका कपिल फिल्म ‘ज्विगाटो’ मा गम्भीर भूमिकामा देखिएका छन्। फिल्ममा उनी ज्विगाटो नामक खानेकुरा कम्पनीका डेलिभरी ब्वाइका रूपमा देखिएका छन्।
तर दर्शकले उनलाई गम्भीर भूमिकामा रूचाएनन्। फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा १ करोड ५ लाख भारू कमाएको छ।