अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। द्विपक्षीय सम्बन्ध सुधारको प्रयासस्वरूप उनीहरूको भेटवार्ता भएको न्युयोर्क टाइम्सले जनाएको छ।
अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका र चीनबीचको ‘द्वन्द्व’ कम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।उनले दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन्।
उनका अनुसार विश्व दुबै देशसँग पार्टनरशीपको आशा गरिरहेका छन् ।